आइतबार, जेठ ६, २०८१

चितवन मेडिकल कलेजले गर्यो ४१ दिनको शिशुको मुटुको शल्यक्रिया

मेरोन्यूज २०७९ जेठ १९ गते ११:०७

चितवन । चितवन मेडिकल कलेजमा ४१ दिनको बच्चाको मुटुको शल्यक्रिया गरिएको छ। कलेजले गत चैत २५ गते भर्खरे जन्मिएिकी एक बालिकाको मुटुको शल्यक्रिया गरेको हो ।
ति बालिका नारायणी सामुदायिक अस्पतालमा जन्मिएकी थिइन् । ७ महिनामा जन्मिएकी ति बालिकाको तौल एक किलो थियो । जन्मिदै मुटुमा समस्या भएकाले उनको तौल वृद्धि भएन । अन्य समस्यासमेत देखिएपछि उनलाई नारायणी सामुदायी अस्पतालले भरतपुर अस्पताल रिफर गरेको थियो । भरतपुर अस्पतालको एनआइसियुमा लगेर स्वास्थ्य जाँच गर्दा उनको मुटुमा समस्या देखियो ।

Advertisement

मुटुको अप्रेशन गर्न सक्ने जनशक्ति र पूर्वाधार नभएको भन्दै चितवन मेडिकल कलेजमा लैजान सुझाए । चितवन मेडिकल कलेजका मुटुशल्य चिकित्सक डा.अनिल आचार्य नेतृत्वमा बालिकाको मुटुको शल्यक्रिया गरेको थियो ।

शल्यक्रिया गर्न करिब ८ घण्टा लागेको थियो । गत जेठ ६ गते एक किलोको बच्चाको सफल शल्यक्रिया भएको छ । कलेजले बालिकाको निःशुल्क शल्यक्रिया गरेको हो । शिशुको मुटुको शल्यक्रिया हुनु भनेको निकै दुर्लभ मानिन्छ ।
चितवनको इच्छाकामना गाउँपालिकाका एक दम्पतिका ४१ दिनकी छोरीको मुटुको शल्यक्रिया गरिएको डा. आर्चायले बताए ।
उनका अनुसार बालिकाको मुटु र फोक्सोको बीचमा भएको नलीमा समस्या देखिएकाे थियाे ।

उनलेभने, ‘ति बच्चा जन्मिएपछि बन्द हुनुपर्नेमा नभएर मुटु ठूलो हुने, फोक्सोमा पानी र संक्रमण देखिएकाे थियाे ।’
डा.आचार्यले अप्रेसन सफल भएपछि एक दिन अस्पतालमा राखेर जेठ ८ गते बालिकालाई पुनः भरतपुर अस्पतालमा पठाइएको बताए ।

भरतपुर अस्पतालको एनआईसीयूमा राखिएको बच्चाको अवस्था अहिले राम्रो हुँदै गएको अस्पतालका एनआईसीयू इन्चार्ज डा.ओम पाठकले जानकारी दिए ।
पाठकका अनुसार अहिलेसम्म बच्चामा संक्रमण नदेखिएको र बच्चाको तौल पनि बढेर १२ सय ग्राम छ । मुटुको शल्यक्रिया गरेपछि ति बालिकाको अहिले तौल पनि बढेको छ भने बट्टाको दुध खाईरहेका छन् । आमाको दुध भने अहिले चुसाइएको छैन् ।
विपन्न नागरिकलाई सरकारले मुटुको उपचारका लागि एक लाख रुपैयाँसम्म निःशुल्क गर्ने गरेको छ ।

प्रतिक्रिया