मंगलबार, वैशाख ११, २०८१

विश्वको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको तटमा फेला 

मेरोन्यूज २०७९ जेठ १८ गते १५:२१

सिड्नी–पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

 यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ ।
आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानीमुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका हुन् । यो कम्तीमा  ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ । 

टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए ।

अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए । त्यसपछि प्रत्येक नमूनाबाट फिंगरप्रिन्ट निकालिएको थियो ।

प्रतिक्रिया