शुक्रबार, जेठ ४, २०८१

‘देशलाई आत्मनिर्भर बनाउने सपनामाथि बज्रपात’

मेरोन्यूज २०७९ जेठ १७ गते २१:१०

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा सेनेटरी प्याडको करमा भारी छुट दिएको भन्दै नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले नेपालमा रहेका करिब ४० वटा उद्योगको ६ अर्बको लगानीमाथि गम्भीर खेलबाड गरेको भन्दै संघले विरोध जनाएको हो ।

Advertisement

‘नेपालमा ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता भई ६ हजार जनाको रोजगारी पाइरहेका छन्, नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको छ,’ संघले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाली उत्पादन किफायति र सस्तो हुँदा पनि आयातीत सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार महशुल छुटको घोषणा गर्नु गलत छ ।’

संघले आयातीत प्याडको भन्सार महशुल १.५ प्रतिशत मात्र हुँदा कच्चा पदार्थको हाराहारीमा आउने भन्दै विरोध जनाएको हो । अहिले कच्चा पदार्थको भन्सार भने १ प्रतिशत रहेको छ ।

यस्तै, संघले स्वदेशी उद्योग बन्द हुन अवस्थामा पुग्दा आगामी पाँच वर्षमा वार्षिक साढे ७ अर्ब रुपैयाँ बाहिरिने जनाएको छ । संघले देशलाई आत्मनिर्भर बनाउँदै जाने सपनामाथि ठूलो बज्रपात भएको संज्ञा दिएको छ ।

प्रतिक्रिया