शुक्रबार, जेठ ४, २०८१

आज पनि नेप्सेमा भारी गिरावट, सवा अर्ब मात्रै कारोबार

मेरोन्यूज २०७९ जेठ १७ गते १५:३२

काठमाडौँ । आज सेयर बजार सूचक नेप्सेमा ३५ अंकले गिरावट आएको छ । बजार खुलेदेखि घट्न थालेको नेप्से सूचक अन्तिम समयसम्म ३५.५३ अंकले घटेको हो ।

Advertisement

योसँगै नेप्से परिसूचक २१३७.९२ विन्दुमा रोकिएको छ । हिजो सोमबार मात्रै ५० अंकभन्दा बढीले नेप्से सूचक घट्दै २१७६ विन्दुमा आइपुगेको थियो । आज कारोबार रकम एक अर्ब ३१ करोडमा सीमित भएको छ ।

कूल २२९ कम्पनीका ३७ लाख ७० हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँ मात्रै कारोबार भएको हो ।

प्रतिक्रिया