शुक्रबार, जेठ ४, २०८१

आइएमई “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ” योजना सार्वजनिक

मेरोन्यूज २०७९ जेठ १७ गते १३:३१

काठमाडौँ । नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पुर्वसन्ध्यामा देशविदेशमा रहनुभएका सम्पूर्ण सेवाग्राहीहरुलाई लक्षित गरि सेवाग्राहीमूखी “हर्षको २२ वर्ष S22 मोबाइल नै पर्छ ” योजना सार्वजनिक गरेकोे छ ।

Advertisement


योजना अन्तर्गत देश तथा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट/सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे वालेटमा प्राप्त गर्दा हरेक हप्ता ५ जना विजेता रहने गरी यो योजना अवधि भरी जम्मा २० जना विजेताहरुले Smart Watch र बम्परमा १ भाग्यशाली विजेताले Samsung S22 मोबाइल प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुनुभएका सेवाग्राहीहरु मध्य कूल २१ जना विजेताहरु लाभान्वित हुन र यसका विजेताहरु सिस्टममा आधारित स्वचालित लक्की ड्र प्रणालीद्वारा निर्धारण गरिने आयोजकले जनाएको छ ।

सेवाग्राहीमूखी उक्त योजना आइएमई ग्रुपको काठमाडौँ पानीपोखरीस्थित केन्द्रीय कार्यालयमा हालै आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो । कार्यक्रममा संक्षिप्त मन्तव्य ब्यक्त गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले आइएमईको २२ वर्षसम्मको व्यवसायिक यात्राको यो विशेष अवसरलाई लक्षित गरी तयार पारिएको सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।

यो योजना जेठ १५ जेठदेखि १५ असार २०७९ ( २९ जुन देखि २९ जुलाई २०२२) सम्म जम्मा ३० दिनका लागि कायम रहने बताईएको छ । यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु गरिने आइएमईले जनाएको छ ।

प्रतिक्रिया