बुधबार, वैशाख १२, २०८१

लमजुङ कारागारका आठ कैदीलाई आममाफी

मेरोन्यूज २०७९ जेठ १५ गते २०:१९

लमजुङ । लमजुङ कारागारमा रहेका आठ जना कैदीलाई आममाफी दिइएको छ । गणतन्त्र दिवसको अवसरमा कैद भुक्तान गरिरहेका ८ कैदीलाई आममाफी दिइएको हो । बिभिन्न घटनामा सङ्लग्न भई कारगार जेल चलान् भएका कैदलाई सरकारले गणतन्त्र दिबसको अबसरमा आममाफी दिएको हो ।

आममाफी हुनेमा खड्का बाहादुर कामी ,पुर्णबाहादुर गुरुङ, खड्का बाहादुर तामाङ, प्रकाश बुढाथोकी ,मानबहादुर परियार, सुब्बा परियार, विश्वमित्र घिमिरे र रेखबहादुर थापा रहेका छन् । सो अवसरमा ४० र ५० प्रतिशतभन्दा बढी कैद सजाय भुक्तान गरिसकेका र आचरणमा सुधार आएका कैदीहरुलाई आममाफी दिइएको हो ।

कारागारले गरेको सिफारिसका आधारमा आठ कैदीको बाँकी कैद सजाय राष्ट्रपतिले मिनाहा गरेकी हुन् । कैद मिनाहा पाउनेमा सवारी ज्यान मुद्धाका दुई जना, ज्यान मार्ने उद्योगका १ जना, बहुविवाह मुद्धाका एक जना र कर्तव्य ज्यान मुद्धाका ४ जना कैदी रहेको लमजुङ कारागारका जेलर सुवास केसीले जानकारी दिए । हाल लमजुङ कागारमा एक सय जना कैदबन्दी रहेका छन् । जसमा ७ जना महिला र ९३ जना पुरुष कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया