शुक्रबार, चैत १६, २०८०

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा लगानी सुनिश्चित गरिने

मेरोन्यूज २०७९ जेठ १५ गते १८:३४

काठमाडौं । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने भएको छ ।

आइतबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूलाई धितोपत्र बजारमा लगानी गर्न आईपीओमा १० प्रतिशत लगानी सुनिश्चित गरिने बताएका हुन् ।

त्यस्तै, गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा लगानी गर्न कानुनी व्यवस्था मिलाउने पनि बताए ।

प्रतिक्रिया