बिहीबार, वैशाख ६, २०८१

आर्थिक सर्वेक्षण : प्रतिव्यक्ति आय बढ्यो, जीवनयापन गर्न कष्टकर

मेरोन्यूज २०७९ जेठ १४ गते २२:२५

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने अुनमान गरेको छ । अघिल्लो वर्ष ४.२५ प्रतिशतको आर्थिक वृद्धि यस आगामी आर्थिक वर्षमा बढ्ने अनुमान गरेको हो ।

यस्तै, प्रतिनिधिसभामा पेश गरेको आर्थिक वर्ष ०७८–७९ को आर्थिक सर्वेक्षणअनुसार प्रतिव्यक्ति आय १३८१ डलर पुगेको छ । गर्त वर्षको तुलनामा नेपालीको आय १०.८ प्रतिशतले वृद्धि भएको हो ।

यसअघि आर्थिक वर्ष ०७७–७८ मा एक हजार २४६ डलर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी हुने अनुमान गरेको हो ।

यसैबीच सरकारले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको प्रभावले विश्व अर्थतन्त्र संकुचित हुन पुगेको बताउँदै नेपालको आर्थिक गतिविधिमा शिथिलता आएकाले रोजगारीका अवसर गुमेको उल्लेख गरेको छ ।

जसका कारण कम आय वर्गका मानिसको दैनिक जीवनयापनसमेत कष्टकर हुन पुग्यो रोजगारी र आयमा आएको कमीसँगै गरिबी र असमानता बढेर गएको जनाएको छ ।

प्रतिक्रिया