सोमबार, वैशाख २४, २०८१

नीति तथा कार्यक्रम

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो, रक्षा हुन्छ : प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७९ जेठ १४ गते १९:४२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग विवादित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताएका छन् । शनिबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले ती भूमि नेपालकै भएको बताएका हुन् ।

Advertisement

‘नेपाल सरकार नेपाली भूमिको रक्षा गर्न प्रतिवबद्ध छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार स्पष्ट छ,’ प्रधानमन्त्री देउवाले भने, ‘भूमिसम्बन्धी विषय संवेदनशील भएकाले कुटनीतिक वार्ताबाट समाधान हुनु पर्छ भन्ने मान्यता छ ।’

प्रधानमन्त्री देउवाल सीमासम्बन्धी विषयलाई नीति तथा कार्यक्रममा स्थान दिइएको बताए । यस्तै, उनले छिमेकी राष्ट्रलाई नेपाली भूमि प्रयोग गर्न नदिनेबारे सरकार सचेत रहेको स्पष्ट पारे ।

प्रतिक्रिया