बिहीबार, वैशाख १३, २०८१

महानगरमा माओवादी भन्दा एकीकृत समाजवादी बलियो

चार महानगरमा माओवादी निल, दुईमा झिनो उपस्थिती, एकीकृत समाजवादीको चार महानगरमा उपस्थिती, दुईमा निल

शितल शर्मा २०७९ जेठ १४ गते ५:४८

काठमाडौं । देशका ६ महानगरमध्ये ४ महानगरमा नेकपा (माओवादी केन्द्र)को उपस्थिती निल छ । अघिल्लो चुनावमा पहिलो शक्ति बनेको एमाले देशभर खुम्चिँदा यसपटक कांग्रेसले थप ८ र माओवादीले २ प्रतिशत बढी पालिका जितेका छन्  ।

तर गाँउमा बलियो बनेको माओवादी सहरमा भने खुम्चिदो अवस्थामा पुगेको छ । सहरमा माओवादी संगठन र प्रतिनिधीत्व झन् झन् कमजोर बन्दै जान थालेको छ । चितवनको भरतपुर महानगरको प्रमुख पद जितेको माओवादी अन्य ४ वटा महानगरपालिकामा भने निल छ ।

सवैभन्दा वढी जनसंख्या रहेको र सहरको महानगरमा माओवादी कमजोर बन्दै गएको विषय माओवादीको आउने केन्द्रीय समिति बैठकमा समीक्षाको विषय बन्न लागेको छ ।

भरतपुरमा माओवादी केन्द्रका केन्द्रीय सदस्य रेनु दाहाल दोहोरिएर मेयर जितिरहँदा त्यहाँ उसले ३ वटा वडा अध्यक्ष सहित जम्मा १० जना मात्रै उम्मेदवारलाई जिताउन सफल भएको छ । त्यो पनि सत्तासिन दलहरुको गठबन्धनको साहारामा मात्र ।
मेयरमा रेनु दहाल, वडा नम्बर १३ को वडा अध्यक्षमा प्रकाश दवाडी, वडा नम्बर २४ को वडा अध्यक्षमा रामवहादुर गोदार र वडा नम्बर २६ को वडा अध्यक्षमा ज्ञानप्रसाद खनाल निर्वाचित भएका छन् ।


त्यस्तै, वडा नम्बर १३ मा सदस्यमा चेतवहादुर तामाङ, दलित सदस्य विमा दवाडी, वडा २२ मा सदस्य सूर्यवहादुर गुरुङ, दलित सदस्य बिना नेपाली, वडा २७ मा सदस्य अर्जुन भण्डारी र वडा २९ मा सदस्य डीलवहादुर श्रेष्ठ ले मात्र चुनाव भरतपुर महानगरपालिकामा जितेका छन् ।

कुल १४७ जना निर्वाचित जनप्रतिनिधीमध्ये माओवादी केन्द्रले त्यहाँ मेयर सहित जम्मा जम्मी १० जना मात्रै जनप्रतिनिधी जितेको हो । यो कुल संख्याको ६ दशमलव ८ प्रतिशत मात्रै हो । यो महानगरमा एमालेले ६ वटा वडाको वडा अध्यक्ष जितेको छ । कंग्रेसले १६, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादी ले पनि ३ वटा वडाको वडा अध्यक्ष जितेको छ । एउटा वडामा भने स्वतन्त्र उम्मेदवारले वडा अध्यक्ष जितेको छ ।

भरतपुर वाहेक माओवादीले लििलतपुरमा ३ जना वडा अध्यक्ष सहित १२ जना उम्मेदवार माओवादीले जिताउन सफल भएको छ ।

गठबन्धनका नाममा यो महानगरमा माओवादीले कांग्रेसलाई मेयर र आफुले उपमेयर लिएर गठबन्धन गरेको थियो । तर उपमेयरमा माओवादी पराजित हुन पुग्यो । विगतमा ४ वटा वडाको वडा अध्यक्ष जितेको माओवादीले ललितपुर महानगरमा एउटा वडा गुमाउँदै तीन वटा वडा अध्यक्षमै चित्त वुझाउन वाध्य भएको छ ।

थप ९ जना भने उसले विभिन्न वडामा गरेर सदस्य जितेको हो ।

ललितपुर महानगरको मेयर कांग्रेस र उपमेयर एमालेले जितेको छ । २९ वडा रहेको यस महानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट जम्माजम्मी १२ जना जनप्रतिनिधीले चुनाव जितेका छन् । वडा नम्बर २१ मा रविन्द्र महर्जन वडा अध्यक्षm वडा सदस्यमा प्रदीप डंगोल, हेलेन शोभा महर्जन, वडा २६ मा वडा अध्यक्ष सुरेश महर्जन र सदस्यहरु सुरेश महर्जन, रगुन महर्जन, सरस्वती महर्जनले जितेका छन् । त्यसैगरी वडा २७ मा वडा अध्यक्ष कृष्ण हरि महर्जन र सदस्यहरु निरोज महर्जन, श्याम कृष्ण महर्जन, राम देवी महर्जन तथा वडा नम्बर २८ को महिला सदस्यमा शरण लक्ष्मी महर्जनले मात्र चुनाव जितेका छन् ।

जवकी ललितपुर महानगरको कुल १४७ जनप्रतिनिधी रहेकोमा माओवादीले जितेको ८ दशमलव १६ प्रतिशत मात्र हो ।

ललितपुरमा एमालेले ११ वटा वडा अध्यक्ष, कांग्रेसले पनि ११ वटा वडा अध्यक्ष, मओवादी केन्द्रले ३ वडा अध्यक्ष, एकीकृत समाजवादीले २ वटा वडा अध्यक्ष जितेको छ । माओवादीले कुलमा १२ उम्मेदवार ललितपुर महानगरमा जिताईरहँदा माधव नेपाल नेतृत्वको नेकाि एकीकृत समाजवादीले पनि २ वडा अध्यक्ष सहित कुलमा १२ जना नै निर्वाचनमा जिताएको छ ।

यी दुई महानगरवाहेक अन्य महानगरमा माओवादी निल छ । वरु काठमाडौं महानगरमा माधव नेपालको पार्टी एकीकृत समाजवादीले एउटा वडा सम्पूर्ण रुपमा जितेर आफनो उपस्थिती देखाएको छ । तर माओवादीले त्यो पनि देखाउन सकेको छैन ।

महानगरमा माधव नेपालको पार्टी भरतपुर, ललितपुर, काठमाडौं र मेयरमा मात्रै भएपनि पोखरमा प्रतिनिधित्व गरिरहँदा माओवादीले भने काठमाडौं, विराटनगर, पोखरा र वीरगञ्जमा कुनै पनि उम्मेदवारलाई निर्वाचनमा जिताएर जनप्रतिनिधी बनाउन सकेको छैन ।


३२ वटा वडा रहेको काठमाडौंमा माओवादीले कुनै पनि वडाको वडा सदस्य पनि जित्न सकेन । कांग्रेसले १९ वडामा जितेको छ भने नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जितेको छ ।

महानगरपालिकामा एमाले विभाजनको कारण कांग्रेसलाई नगरसभामा बहुमत पुर्याउन सहयोग भएको छ। नेकपा एसको कारण कांग्रेसलाई ६ वडाध्यक्ष जित्न प्रत्यक्ष रुपमा रुपमा फाइदा पुगेको छ। महानगरमा तेस्रो ठूलो दलको रुपमा नेकपा एकीकृत समाजवादी देखिएको छ । महानगरपालिकाभरीमा एकीकृत समाजवादीले १३ हजार ९४३ पाउँदा राप्रपाले ११ हजार ४६७, नेकपा माओवादी केन्द्रले २ हजार २८१ र जनता समाजवादी पार्टीले ६४५ मत पाएका छन् । यो महानगरमा कुल १६२ सदस्यका लागि चुनाव भएको थियो ।

विराटनगरमा कांग्रेसले मेयर र एमालेले उपमेयर जितेको छ । एमाले ९, कंग्रेस ६, जसपा २, राप्रपा १, स्वतन्त्र १ जनाले वडा अध्यक्ष विराटनगरको जितेका छन् । त्यस्तै, बीरगञ्जमा जसपाले मेयर र कांग्रेसले उपमेयर जितेको छ । एमाले ८, कंग्रेस ९, जसपा १३ र लोसपाले २ वटा वडाको वडा अध्यक्ष वीरगन्जमा जितेका छन् । माओवादी र एकीकृत समाजवादी वीरगन्जमा निल अवस्थामा छन् ।

पोखरामा एकीकृत समाजवादीले सिंगो एउटा मेयर जितेको छ । उपमेयर एमालेले जितेको छ । पेखरामा एमाले ९, कंग्रेस २३, स्वतन्त्र १ले वडा अध्यक्ष जितेको छ । माओवादी र एसमाजवादी वडामा निल छ ।

माओवादी भन्छ : गम्भीर समीक्षा गरेर सुधार्नु पर्नेछ

रोल्पा, रुकुम, सिन्धुली, गोरखा, नुवाकोट, काभ्रे लगायतका कतिपय जिल्लामा ०६४ सालकै अवस्थामा झण्डै झण्डै कमब्याक भएको माओवादी सहरमा किन कमजोर भईरहेको छ ? यसको समीक्षा आउने केन्द्रीय समिति बैठकमा हुने माओवादीका नेताहरुले बताएका छन् । गाँउमा संगठबन बलियो र सहरमा कमजोर देखिएको छ । मधेसमा आन्तरिक विवादका कारण स्थानीय तह चुनावमा धक्का लाग्न पुगेको छ, त्यसलाई अव आउने केन्द्रीय समिति बैठकबाट गम्भीर समीक्षा गरेर सुधार गरेर जानुपर्नेछ, माओवादीका एक केन्द्रीय नेताले मेरोन्यूजसँग भने ।

महानगरमा केन्द्रबाटै गठबन्धन भएको र गठबन्धनमा आवद्ध ५ दलका वीचमै सिट वाँडफाँड गर्नु परेका कारण पनि कतिपय स्थानमा पार्टीले चाहेर पनि उम्मेदवारी दिन नसकेका कारण माओवादीको अवस्था केही महानगरमा निल हुन पुगेको ति माओवादी नेताले जिकिर गरे ।

कुनै न कुनै सदस्य जित्ने गरी मेहनत हुन्थ्यो नै होला, तर कतिपयमा गठबन्धन गर्दा उम्मेदवारी नै उठाउन नपाँउदा पनि त्यो खालको अवस्था आएको हो, ति माओवादीका नेताले भने, सहरमा त्यसै माओवादी कमजोर देखिएको छ, अव यसलाई सुढृढ बनाउने र सहरका मतदातालाई माओवादीप्रति आर्कर्षित गर्ने योजना पार्टीले बनाउनै पर्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया