शनिबार, वैशाख १५, २०८१

जलेश्वरको दुवै पदमा जसपाका उम्मेदवार विजयी

मेरोन्यूज २०७९ जेठ ७ गते २१:४९

महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा जनता समाजवादी पार्टी (जसपा)नेपालका उम्मेदवार विजयी भएका छन् ।

जलेश्वरको मेयरमा जसपाका सुरेश साह सोनारले ७ हजार ३०६ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी लोसपा नेपालका रामशंकर मिश्रले ५ हजार ४३० मत पाए ।

यस्तै, उपमेयरमा जसपाकै रौशन खातुनले ५ हजार ८२३ मत ल्याएर विजेता बन्दा नेकपा एमालेकी मुनचुन देवीले ४ हजार ९०१ मत पाइन् ।

प्रतिक्रिया