शनिबार, वैशाख १५, २०८१

काठमाडौँमा आइतबारको बिदा ११ बजेपछि मात्रै

मेरोन्यूज २०७९ जेठ ७ गते २१:३९

काठमाडौँ । काठमाडौँ महानगरले आइतबार सार्वजनिक बिदाको दिन बिहान ८ देखि ११ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएको छ ।

कामपाको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधिभित्र सञ्चालन रहने कामपाको विभागीय प्रमुख महेश काफ्लेद्वारा जारी सूचनामा भनिएको छ ।

नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नु पर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ ।

केन्द्र सरकारले यही जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया