शुक्रबार, वैशाख ७, २०८१

भारतमा घट्यो पेट्रोलिय पदार्थको मूल्य

मेरोन्यूज २०७९ जेठ ७ गते २१:१२

काठमाडौँ । भारतमा सरकारले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहँदा आलोचना बढ्न थालेपछि सरकारले इन्धनमाथि लगाइएको करलाई कम गरी मूल्य घटाएको हो ।

योसँगै भारतमा पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ ५० पैसा र डिजेल ७ रुपैयाँ सस्तो भएको छ । जसले उपभोक्तालाई राहत हुने अपेक्षा गरिएको छ ।

यस्तै, खाना पकाउने ग्यासमा समेत प्रति सिलिण्डिर २ सय रुपैयाँ छुट दिने निर्णय भएको छ ।

भारतमा पेट्रोलियम पदार्थको मूल्य प्रदेशअनुसार फरकफरक रहेको छ । जसअनुसार भारतमा सबैभन्दा महँगो महाराष्ट्रमा प्रति लिटर पेट्रोलको मूल्य १ सय २३ रुपैयाँ ४६ पैसा पुगेको छ । यस्तै, नयाँदिल्लीमा पेट्रोल मूल्य १ सय ५ रुपैयाँ ४१ पैसा रहेको छ । आज रातिदेखि उक्त मूल्यमा लागु हुने समाचारमा जनाइएको छ ।

प्रतिक्रिया