शुक्रबार, चैत १६, २०८०

भरतपुरमा रेनु दाहालले बढाइन् विजय सुवदीसँग मतान्तरको दुरी

मेरोन्यूज २०७९ जेठ ७ गते २०:१९

चितवन । जिल्लाको भरतपुर महानगरमा गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन् । ८० हजार १० मत गणना हुँदा गठबन्धनले आफ्नो अग्रता कायम राखेको हो ।

गणनाअनुसार गठबन्धनबाट महानगर प्रमुखको उम्मेदवार दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ३१ हजार २४३ मत पाएकी छन् । यस्तै, नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २४ हजार ६७३ मत पाएका छन् । रेनुभन्दा सुवेदी ६ हजार ५७० मतले पछाडि रहेका छन् ।

उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १४ हजार ४८३ मतले अग्रता लिएका छन् । अधिकारीले ३३ हजार ६५३ मत प्राप्त गर्दा राप्रपाकी हिमला गुरुङले १९ हजार १७० मत पाएकी छन् ।

महानगरमा एक लाख २७ हजार ८३१ मत खसेको थियो । यस पालिकामा २९ वडा छन् ।

Advertisement

प्रतिक्रिया