शुक्रबार, वैशाख ७, २०८१

कांग्रेसलाई पराजित गर्दै मिर्चैयामा माओवादीका उम्मेदवार निर्वाचित

मेरोन्यूज २०७९ जेठ ७ गते १९:३८

सिरहा । जिल्लाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ । निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण दिएको हो ।

उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीय तह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयरसमेत रहेका यादवले ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा निर्वाचित जीवछीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया