शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ–२७ मा बालेन शाह तेस्रो

मेरोन्यूज २०७९ जेठ ७ गते १८:५९

काठमाडौँ । काठमाडौँ महानगरको वडा नम्बर २७ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेस उम्मेदवार योगेशकुमार खड्गी एक हजार ५८५ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार चिनीमाया बज्राचार्यले एक हजार २७६ मत पाए ।

यो वडामा कांग्रेसको प्यानल नै विजयी हुँदा महानगरको मेयरले समेत सबैभन्दा धेरै मत पाएका छन् । यो वडामा मेयरतर्फ कांग्रेसकै उम्मेदवार सिर्जना सिंहले ९८४ मत पाइन् ।

यस्तै, नेकपा एमालेका केशव स्थापितले ९८० मत पाउँदा स्वतन्त्र उम्मेदवार बालेन साहले ५५५ मत पाए । यो वडामा उनी तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया