शुक्रबार, चैत १६, २०८०

केशव स्थापितभन्दा १६ हजार मतले बालेन साह अगाडि

मेरोन्यूज २०७९ जेठ ७ गते १७:४९

काठमाडौँ । काठमाडौँ महानगरको मेयर पदमा बालेन साह थप बलियो अवस्थामा पुगेका छन् । उनले आफ्ना प्रतिद्वन्द्वीलाई १६ हजार १२६ मतले पछाडि छाडेका छन् ।

कूल ९६ हजार ९४४ मत गनेर सक्दा साहले ३५ हजार ३७४ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १९ हजार २४८ मत पाएका छन् ।

यस्तै, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत पाएकी छन् । काठमाडौँ अब ९४ हजार २४२ मत गन्न बाँकी छ ।

प्रतिक्रिया