शुक्रबार, वैशाख १४, २०८१

भरतपुरमा रेनु दाहालको भोट ३० हजार कट्यो, विजय सुवेदीले कति पाए ?

मेरोन्यूज २०७९ जेठ ७ गते १७:२२

चितवन । भरतपुर महानगरमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी रेनु दाहालले थप मतान्तर बढाएकी छन् । माओवादी केन्द्रकी मेयर प्रत्यासी दाहालले ३० हजार ३९४ मत पाएकी छन् ।

दाहालका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदी २४ हजार २५६ मत पाएका छन् । उनी रेनुभन्दा ६ हजार १३८ मतले पछाडि छन् ।

कांग्रेसमा असन्तुष्ट जनाउँदै स्वतन्त्र उम्मेदवार दिएका जगन्नाथ पौडेलले १० हजार ७२१ मत पाएका छन् ।

प्रतिक्रिया