बिहीबार, चैत १५, २०८०

एमालेका उपाध्यक्ष पौडेलको गृह नगरमा एमालेको विरासत ढल्यो

मेरोन्यूज २०७९ जेठ ७ गते १७:०८

काठमाडौँ । विगत २५ वर्षदेखि नेकपा एमालेले राज गर्दै आएको बुटवलमा यसपटक नेपाली कांग्रेसले आफ्नो विरासत फर्काएको छ । बुटवल उपमहानगरको प्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका खेलराज पाण्डे विजयी भएका हुन् ।

यसअघिको स्थानीय तह निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग २३ सय मतान्तरले पराजित भएका पाण्डेले यसपटक तेब्बरभन्दा बढी मत ल्याउँदै विजयी भएका हुन् ।

पाँच दलीय गठबन्धनबाट साझा उम्मेदवार बनेका पाण्डेले एमालेका बाबुराम भट्टराईलाई पराजित गरे । पाण्डेले ३० हजार १३० मत प्राप्त गर्दा भट्टराईले २२ हजार ५९७ मत पाए ।

त्यस्तै उपप्रमुखमा एमालेकी सावित्रा अर्यालले २४ हजार ९०४ मत प्राप्त गरिन् । गठबन्धनबाट नेकपा एसका चिनबहादुर गुरुङले १६ हजार ९८० मत ल्याए ।

पाण्डेसँगै बुटवलमा कांग्रेसले बहुमत वडामा जित हासिल गरेको छ भने एमाले खुम्चिएको छ । बुटवलका १९ मध्ये कांग्रेसले ४, ५, ६, ७, ८, ९, १२, १३, १५, १६ र १७ गरी १० वडाध्यक्ष जितेको छ ।

Advertisement

यसैगरी एमालेले वडा नंं १०, ११, १४, १८ र १९ जितेको छ । नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्रले एक–एक वडा जितेका छन् । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृह नगरसमेत रहेको बुटवललाई एमालेको बलियो संगठन भएको क्षेत्रमा मानिन्थ्यो ।

प्रतिक्रिया