शुक्रबार, वैशाख १४, २०८१

तेस्रो स्थानमा पुगे केशव स्थापित, पहिलोमा बालेन शाह

मेरोन्यूज २०७९ जेठ ७ गते १४:५४

काठमाडौँ । काठमाडौँ महानगरमा जारी मत गणनाअनुसार नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा पुगेका छन् ।

शनिबार दिउँसोको ताजा मतमा स्थापितले १७ हजार ६७८ मत पाएका छन् । उनलाई सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ७०२ मत ल्याउँदै पछि पारेकी हुन् । सिर्जनाले २४ मत बढी ल्याउँदै स्थापितलाई पछि पारेकी हुन् ।

पहिलो स्थानमा भने स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । शाहले ३२ हजार ९७८ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया