शुक्रबार, वैशाख १४, २०८१

बालेनलाई ३४ हजार १३० मत

मेरोन्यूज २०७९ जेठ ७ गते १३:४२

काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ३४ हजार मत कटाएका छन्। हेभीवेट एमाले र कांग्रेसका उम्मेदवारलाइ निक्कै पछि पादैं स्वतन्त्र उम्मेदवार बालेन शाहले लिएको अग्रता अहिले पनि कायमै छ ।

शनिबार दिउँसो १ बजेसम्ममा उनले ३४ हजार १३० मत पाएका हुन्। ९३ हजार ६४७ मत गन्दा शाहले सो मत पाए।

उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।

नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले १८ हजार ५४७ मत पाए। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाइन्।

शाह र स्थापितबीच मतान्तर १५ हजार ५८३ छ। यता शाह र सिंहबीच भने १५ हजार ७०१ मतान्तर छ।

राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ।

वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिइसकेको छ

प्रतिक्रिया