शनिबार, वैशाख ८, २०८१

मात्रिका यादवका भाईले जिते धनुषाको सबैलामा मेयर

मेरोन्यूज २०७९ जेठ ७ गते १२:५४

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाको मेयरमा माओवादी विजयी भएको छ । मेयर जित्ने नेता माओवादी केन्द्रका नेता मात्रिका यादवका भाई हुन् । पूर्वमन्त्री मातृका प्रसाद यादवका भाई कारीराम यादवले सबैला नगरपालिकाको मेयरमा जितेका हुन् ।

विगतमा कांग्रेसले यो नगरपालिकाको मेयर जितेको थियो । यसपटक कांग्रेसको हातबाट माओवादीले मेयर खोसेको हो ।

माओवादीबाट मेयरमा निर्वाचित यादवले ४२१२ मत ल्याएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका जगत सुन्दर शाह ४०७६ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादीकै रहिमा खातुन ४६९९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेकी किरण कापर ३६०४ मत ल्याइन् ।

१७ पालिका रहेको धनुषामा सबैलाका मेयर र उपमेयर जितेर माओवादीले खाता खोलेको छ ।

प्रतिक्रिया