शनिबार, वैशाख ८, २०८१

काठमाडौं ८ मा कांग्रेसको प्यानलै विजयी

मेरोन्यूज २०७९ जेठ ७ गते १२:२२

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ८ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वडा नम्बर ८ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ।

कांग्रेसका उम्मेदवार आशामान संगत वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले १५५७ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार उमेशकुमार कुईकेलले जम्मा ७३८ मत मात्र प्राप्त गरे।

जनता समाजवादी पार्टी ९जसपा०का न्हुछे डंगोलले ३१७ मत प्राप्त गरेका छन्।

त्यस्तै खुला सदस्यमा कांग्रेसकै शेखर देउलाले १५०५ र सलोनी ओडारीले १४७० मत प्राप्त गरी निर्वाचित भए।

महिला सदस्यमा कांग्रेसकै सरस्वती राजभण्डारले १५०७ मत र दलित महिला सदस्य मिना सुनारले ७९४ मत ल्याएर निर्वाचित भए।

प्रतिक्रिया