सोमबार, जेठ ७, २०८१

काठमाडौंका १० वटै नगरको नतिजा सार्वजनिक

काठमाडौंमै खुम्चियो एमाले, कांग्रेसले उल्टायो २०७४ को नतिजा

२०७४ मा महानगरसहित काठमाडौँका ७ स्थानीय तह जितेको एमाले २ वटामा सिमित हुन पुगेको छ

रामकृष्ण अधिकारी २०७९ जेठ ७ गते ११:२०

काठमाडौं । काठमाडौं महानगरपालिका बाहेक काठमाडौं भित्रका अन्य १० वटै स्थानीय तहको अनितम परिणाम सार्वजनिक भएको छ । १० नगरपालिका र एउटा महानगरपालिका काठमाडौं जिल्लामा रहेका थिए ।

Advertisement

त्यसमध्ये महानगरपालिकाको मतगणना जारी छ । अन्य १० वटा नगरपालिकाको भने मतगणना सकिएको छ ।

पछिल्लो पटक नागार्जुन नगरपालिकाको मतगणनाको अीनतम परिणाम सार्वजनिक भएसँगै नगरपालिकाहरुको भने मतगणना सकिएको हो ।

नगरपालिका तर्फ काठमाडौंमा ७ नगरपालिका कांग्रेसले जितेको छ । २ वटामा मात्रै एमालेले जितेको छ । एक वटामा भने राप्रपाले जितेको छ । २०७४ मा काठमाडौं महानगरसहित काठमाडौँका ११ स्थानीय तहमध्ये ७ वटामा एमालेले प्रमुखमा जितेको थियो भने ४ वटामा मात्रै कांग्रेसले मेयर जितेको थियो। तर, अहिलेको स्थानीय तहको निर्वाचनमा कांग्रेसले एमालेको गढ भत्काएको छ।

मतगणना जारी रहेको काठमाडौं महानगरमा पनि एमाले निक्कै पछि परेको छ । त्यहाँ यसपटक स्वतनत्रका बालेन शाहले अग्रता लिईरहेका छन् ।

१) टोखा नगरपालिका

टोखा नगरपालिका एमालेले जितेको छ । २०७४ सालको स्थानीय तह चुनावमा पनि मेयर जितेका एमालेका प्रकाश अधिकारी ले दोहोराएर मेयर जितेका हुन् । उनले १०३४० मत ल्याएर जिते । कांग्रेसकी रजनी थापाले १० हजार १६६ मत पाएकी थिइन् । उपाप्रमुख भने कांग्रेसका मुरारी तामाङले जिते ।

११ वटा वडा रहेको यो नगरपालिकामा १ मा कांग्रेस, २ मा एमाले, ३ मा एमाले, ४ मा एमाले, ५ मा एमाले, ६ मा कांग्रेस, ७ , ८, ९, १०, ११ वडामा पनि एमालेले वडा अध्यक्ष जितेको छ ।

२) चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकामा कांग्रेसका घनश्याम गिरीले जितेका छन् । उनले एमालेका उत्तमवहादुर राउतलाई पछाडी पादैं जित हासिल गरेका हुन् ।


गिरीले १५ हजार ४७५ मत पाएका थिए । एमालेका राउतले १४ हजार ६५१ म्त पाएका थिए । गिरी यसअघि पनि सोही नगरपालिकाको प्रमुख थिए।

यो नगरपालिकाको उपमेयरमा भने एमालेकी बसन्ती श्रेष्ठले जितेकी छिन् । उनले राष्ट्रिय जनमोर्चाकी रोशन दानीलाई हराउादै जितेकी हुन । १५ वटा वडा रहेको छ ।

३) तारकेश्वर नगरपालिका
तरकेश्वर नगरपालिकामा कांग्रेसले जितेको छ । तारेकश्वर नगरपालिका यस अगाडी एमालेले जितेको थियो । यसपटक कांग्रेसले जितेको छ । कांग्रेसका कृष्णहरी महर्जन ११९८८ मत ल्याएर विजयी भए । एमालेका रामेश्वर बोहोरा ७८०८ मत पाए ।


उपप्रमुख पनि कांग्रेसले जितेको छ । सृजना बुर्लाकोटीले । ११ वडा रहेको यो नगरपालिकामा वडा १ मा एमाले, २ र ३ कांग्रेस, ४ एमाले, ५ कांग्रेस, ६, ७ र ८ मा पनि कांग्रेस, ९ मा एमाले, १० र ११ मा पनि कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

४) दक्षिणकाली नगरपालिका

दक्षिणकाली नगरपालिका पनि कांग्रेसले जितेको छ । कांग्रेसका मोहन बस्नेत अध्यक्ष निर्वाचित भए । उनले ७२०१ मत पाएर जिते । एमालेका श्री राम आचार्यले ५१९२ मत पाए । बस्नेत २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको मेयरमा विजयी भएका थिए।


उपप्रमुख पनि कांग्रेसले नै जित्यो बसन्ती तामाडले । बसन्ती पनि यस अगाडी पनि उपप्रमुख नै थिइन् । यहाा प्रमुख उपप्रमुख दुवै कांग्रेसका दोहोरिएका हुन् ।

९ वटा वडा रहेको यो नगरपालिकामा वडा नम्बर १ एमाले, २ कांग्रेस, ३ एमाले, ४, ५ र ६ कांग्रेस, ७ एमाले , ८ र ९ कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

५) नागार्जुन नगरपालिका
नागार्जुनको मेयरमा कांग्रेसका मेयर उम्मेदवार मोहनबहादुर बस्नेत दोहोरिएर जितेका छन् । उनले १० हजार १ सय ८६ मत प्राप्त गरेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी एमालेका मेयर उम्मेदवार नन्दनहरी गौतमलाई पराजित गरेका हुन् । गौतमले ८ हजार ३ सय ६८ मत ल्याएका थिए ।

उपमेयरमा एमालेकी सुशीला अधिकारी पनि दोहोरिएकी छन् । उनले ९ हजार ४ सय ७४ मत प्राप्त गरेकी छन् । उनका प्रतिद्वन्द्वी एकीकृत समाजवादीका कृष्णहरि खत्रीले २ हजार ७ सय ५३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नागार्जुन नगरपालिकाको मेयर र उपमेयर दोहोरिएका छन् । २०७४ सालमा निर्वाचित भएर पाँच वर्ष काम गरेका कांग्रेसका मेयर र एमालेका उपमेयर फेरि दोहोरिएका हुन् ।


१० वटा वडा रहेको नार्गाुजन नगरपालिकामा १ मा कांग्रेस, २ र ३ मा एमाले, ४ मा कांग्रेस, ५ मा राप्रपा, ६ मा कांग्रेस, ७ र ८ मा एमाले, ९ र १० मा कांग्रेसका वडा अध्यक्षले चुनाव जितेका थिए ।

६) बुढानीलकण्ठ नगरपालिका

बुढानीलकण्ठ नगरपालिका एमालेका मिठाराम अधिकारीले जिते । उनले १४२५० मत ल्याएर जितेका हुन् । । कांग्रेसका विनोद चालिसेले ११५१२ मत ल्याएका थिए । उपमेयर पनि एमालेले नै जित्यो । एमालेकी अनिता लामा निर्वाचित भइन् ।

१३ वटा वडा रहेको यो नगरपालिकामा १ मा एमाले, २ मा एमाले, ३ मा स्वतन्त्र धारा चुनाव चिन्हमा आकाश धिताल, ४ र ५ कांग्रेस, ६ , ७, ८, ९, १०, ११, १२ र १३ मा एमालेले वडा अध्यक्ष जितेको छ ।

७) कागेश्वरी मनहरा नगरपालिका
कगेश्वरी मनहरा नगरपालिका कांग्रेसले जितेको छ । कांग्रेसका उपेन्द्र कार्की ११३२२ मत सहित विजयी । उनले एमालेका रामशरण ढुंगानालाई पराजित गरेका हुन् । ढुंगानाले ८२६३ मत ल्याएका थिए । एकीकृत समाजवादीका कृष्णहरी थापाले ३५५६ मत ल्याएका थिए ।

मेयरमा कांग्रेसका उम्मेदवार उपेन्द्र कार्की निर्वाचित हुँदा उपमेयरमा एमालेकी शान्ता थापाले विजय प्राप्त गरिन् ।
उपमेयरमा निर्वाचित एमालेकी उम्मेदवार शान्ता थापाले ९ हजार ९ सय ७५ मत प्राप्त गरिन् । उनले सत्तारुढ गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका माओवादी केन्द्रका उम्मेदवार भोला चापागाईंलाई पराजित गरिन् । चापागाईंले उपमेयरमा ५ हजार ४ सय २२ मत प्राप्त गरेका छन् ।


२०७४ को स्थानीय तह निर्वाचनमा कागेश्वरी मनोहराको मेयरमा एमालेका कृष्णहरि थापा निर्वाचित भएका थिए । यसपटक निर्वाचित भएका कार्की भने त्यतिबेला ४ सय ४२ को मतान्तरले पराजित भएका थिए । त्यो निर्वाचनमा थापाले ८ हजार ५ सय ९६ मत प्राप्त गर्दा कार्कीले ८ हजार १ सय ५४ मत प्राप्त गरेका थिए । उपमेरमा पनि एमालेका उम्मेदवार नै निर्वाचित भएका थिए ।


९ वडा रहेको यो नगपालिकामा १ मा एमाले, २ मा कांग्रेस, ३ र ४ एमाले, ५ कांग्रेस, ६ एकीकृत समाजवादी, ७, ८ र ९ कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

८) किर्तिपुर नगरपालिका
किर्तिपुरको एमाले विरासत तोडदै यसपटक यो नगरपालिकामा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसका राजकुमार नकर्मीले ९०४३ मत ल्याएर किर्तिपुर नगरपालिकाको मेयर जिते । एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत पाए । माओवादीका शिवशरण महर्जनले ४०९० मत पाए ।

उपमेयरमा पनि कांग्रेसका शुभलष्मी शाक्यले जितिन् । १० वटा वडा रहेको यो नगरपालिकामा १ मा कांग्रेस, २ र ३ पनि कांग्रेस । ४ मा कैची चिन्ह लिएका स्वतन्त्रका श्यामकुमार अधिकारी ५, ६, ७, ८, ९, १० वडामा पनि कांग्रेसले वडा अध्यक्ष जितेको छ ।

९) गोकर्णेश्वर नगरपालिकामा
काठमाडौंको अर्काे नगरपालिका गोकर्णेश्वरमा पनि कांग्रेसले जितेको छ । कांग्रेसका दिपककुमार रिसाल विजयी भए । उनले ९६९२ मत पाए । एमालेका उदव विष्टले ८५०४ मत पाए । उपप्रमुख भने एमालेले जित्यो । एमालेका सान्नानी लामाले जितिन् । उपप्रमुुखमा माओवादीकी पेमा छिरी शेर्पाले २७०१ मत पाएकी थिइन् ।


०७४ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले गोकर्णेश्वरको मेयर र उपमेयर दुवै पद जितेको थियो । तर यसपटक उपमेयर एमालेले जितेको छ ।

९ वटा वडा रहेको यो नगरपालिकामा १ मा एमाले, २ र ३ मा पनि एमाले, ४ मा स्वतन्त्र लौरोका जयराम महत, ५ मा कांग्रेस, ६ मा एमाले, ७ मा एमाले , ८ मा कांग्रेस, ९ मा कांग्रेसले वडा अध्यक्ष जितेका छन् ।

१०) शङ्खरापुर नगरपालिका
शङ्खरापुर नगरपालिका राप्रपाले जितेको छ । राप्रपाका रमेश नापितले निक्कै कडा प्रतिस्पर्धाका वीचमा मेयर जितेका हुन् । उनले एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठलाई पराजित गदै मेयर जितेका हुन।

राप्रपाका नापितले ४७ सय मत पाएका थिए । प्रतिस्पर्धी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले ४२०२ मत पाएका थिए । ०६२र६३ पछि भएका स्थानीय तहको दुई निर्वाचनमा राप्रपाले काठमाडौंमा पहिलोपटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो।

उपप्रमुख भने कांग्रेसले जितेको छ । कांग्रेसका समिता श्रेष्ठले ६३६२ मत पाएर उपप्रमुख जितेकी हुन् । उनले राप्रपाका विजयकुमारी वाइवालाई हराएकी हुन् । वाइवाले ३२९८ मत पाएकी थिइन् ।

९ वटा वडा रहेको यो नगरपालिकामा वडा नम्बर १ मा माओवादी, २ मा कांग्रेस, ३ मा राप्रपा, ४ मा कांग्रेस, ५ मा एमाले, ६ र ७ मा राप्रपा, ८ र ९ मा कांग्रेसले जितेको थियो ।


२०७४ को चुनावमा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको थियो

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया