शनिबार, वैशाख ८, २०८१

महानगरमा एमालेलाई उपमेयर चिठ्ठा !

महानगरमा एमालेले उठाएका ४ मध्ये एकको जीत, बाँकी तीनमा दुईको निश्चित, एकको पनि अग्रता कायमै

शितल शर्मा २०७९ जेठ ७ गते ९:५२

काठमाडौं । सत्ता गठबन्धनका कारण देशका कुनै पनि महानगरपालिकामा जित निकाल्न कठिन बनेको एमालेका लागि उपमेयर भने चिठ्ठा पर्ने भएको छ ।

उसले उपमेयर भने उम्मेदवार उठाएका सवै महानगरमा जित्ने देखिएको छ ।

देशका ६ महानगरपालिका मध्ये एमालेले दुइृ वटा महानगर बाहेक ४ वटा महानगरपालिकामा भने मेयर उमपेयर दुवै पदमा उम्मेदवार उठाएको थियो । तर चितवनको भरतपुर र पर्साको वीरगञ्ज महानगरपालिकामा भने एमालेले मेयरमा मात्रै उम्मेदवार उठाएर उपमेयर भने आफुसँग चुनावी तालमेलमा रहेको दललाई छोडेको थियो ।

बीरगञ्जमा महन्थ ठाकुर नेतृत्वको लोकतानिन्त्रक समाजवादी पार्टी (लोसपा) सँग र भरतपुरमा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग चुनावी तालमेल गरेर एमालेले दुवै महानगरको उपमेयर छोडेको थियो ।

यो समाचार तयार पार्दासम्म एमालेले एउटा महानगरपालिकाको उपमेयर जितिसकेको छ । विराटनगर महानगरपालिकाको उपमेयर एमालेले जितिसकेको छ ।

विराटनगर उपमहानगरपालिकामा यस अगाडी २०७४ सालमा मेयर उपमेयर दुवैं पद कांग्रेसले जितेको थियो । तर यसपटक आफु विरुद्ध सत्ता गठबन्धन हुँदा पनि एमालेले उपमेयर भने जितेको छ । विराटनगर महानगरको उपमेयरमा एमालेकी शिल्पा निराला कार्की विजयी भएकी छन् । उनले २५ हजार ६ सय ८० मत ल्याएर विजयी भएकी हुन् ।


कार्कीका प्रतिद्वन्द्वी गठबन्धनबाट जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले १४ हजार २ सय १९ मत पाएका छन् । यादव जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा हुन् ।

उनलाई हराएर एमाले उम्मेदवार शिल्पाले विराटनगरको उपमेयरमा बाजी मारेकी हुन् ।

त्यस्तै, मतगणना जारी रहेको अन्य ५ महानगरमध्ये एमालेले उम्मेदवारी दिएको ३ महानगरको उपमेयरमा पन िएमालेकै उम्मेदवार प्रतिस्पधीृ भन्दा अगाडी छन् । काठमाडौंमा एमाले उम्मेदवार सुनिता डंगोल प्रतिस्पर्धी उम्मेदवार भन्दा निक्कै माथी छिन् । उनको जीत घोषणा गरिदिए हुने अवस्थामा छ ।


अर्थात काठमाडौंमा सुनिताले यो समाचार तयार पार्दासम्म ३११११ मत ल्याएर फराकिलो अग्रता लिईरहेकी छिन् ।
उनका प्रतिस्पर्धीका रुपमा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठ निक्कै पछाडी परेका छन् । श्रेष्ठले १०६७३ मत पाएका छन् । यी दुई उम्मेदवार वीचको मतान्तर नै २० हजार ४३८ को रहेको छ ।

उता ललितपुर महानगरमा पनि एमालेको उम्मेदवारले नै अग्रता लिईरहेका छन् । एमाले उम्मेदवार मज्जली शाक्य –आस्था)ले सत्ता गठबनधनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बाबुराजा वज्राचार्यलाई पछि पादैं अग्रता लिईरहेकी हुन् । यो समाचार तयार पार्दासम्म एमालेका उपमेयर उम्मेदवार शाक्यले १३३३७ मत पाएकी छिन् । उनका प्रतिस्पर्धी बाबुराजाले ९१६५ मत पाएका छन् । यी दुई वीच पनि ५ हजार वढी मतको अन्तर छ ।

पोखरा महानगरपालिकाको उपमेयर पदमा भने अन्य महानगरको उपमेयरको भन्दा केही प्रतिस्पर्धा छ । यधपी एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ अहिले अगाडी छिन् । विगतमा पोखरा महानगरको उपमेयर भईसकेकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई पछि पादैं अग्रता लिईरहेकी छिन् ।

तर उनीहरुका वीचको मतान्तर भने थोरै छ । दुवैवीच एकले अर्काेलाई उछिन्ने गरी प्रतिस्पर्धा चलिरहेको छ । तर पनि अन्तिमसम्म गुरुङले जित्न सक्ने आंकलन गरिएको छ । अहिले एमालेकी मञ्जु २६२ मतले अगाडि छिन् ।
मञ्जुले ३३ हजार २२१ मत पाउँदा उनलाई पछ्याइरहेकी कोपिलाले ३२ हजार ९५९ मत पाएकी छन् ।


एमालेसँगको चुनावी गठबन्धनमा बीरगञ्ज र भरतपुरको उपमेयर चुनाव लडिरहेको दलका उम्मेदवार भने दुवै महानगरपालिकामा कमजोर अवस्थामा देखिएका छन् । भरतपुरमा एमालेको साथमा चुनाव लडेका राप्रपाका उम्मेदवार कांग्रेसका प्रतिस्पर्धी उम्मेदवार भन्दा कमजोर देखिएको छ । वीरगञ्जमा पनि अवस्था त्यस्तै छ । एमालेको साथमा कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गरिरहेका लोसपाका उम्मेदवार निक्कै पछाडी परेको छ ।

उपमेयरमा एमालेले वलियो प्रतिस्पर्धी पाएकै थिएन । गठबन्धनका नाममा दलहरुले कमजोर उम्मेदवार उठाईदिँदा एमालेलाई उपमेयरको पद भने महानगरपालिकाहरुमा चिठाा परे सरह नै देखिएको छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया