बिहीबार, वैशाख १३, २०८१

बलात्कारको आरोप लगाउने पीडितको घरमा पुग्यो प्रहरी टोली

मेरोन्यूज २०७९ जेठ ६ गते १७:०९

काठमाडौँ । आफूलाई बलात्कार गरेको आरोप लगाएकी युवतीको घरमा प्रहरी टोली पुगेको छ । सामाजिक सञ्जालबाट भिडियो सार्वजनिक गरी मोडल एजेन्सी सञ्चालकले आफू ‘बलात्कार’ गरेको आरोप लगाएकी पीडित युवतीको घरमा प्रहरी टोली पुगेको हो ।

काठमाडौंको पेप्सिकोलास्थित घरमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाको टोली पुगेको हो । टिकटक युजर आईडी ‘सुसी खान जाने हो’बाट बुधबार साँझदेखि पीडित युवतीले भिडियो सार्वजनिक गरेकी थिइन् ।

भाग १ देखि २० सम्म रहेको भिडियोमार्फत् उनले आफूमाथि यौन हिंसा भएको भन्दै कारबाही गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीलाई अनुसन्धान गरेर दोषीलाई कारवाही गर्न दबाब दिएका छन् ।

प्रतिक्रिया