बिहीबार, वैशाख १३, २०८१

इण्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध हटाउँने निर्णय गरेसँग सोमबारबाट नेपाल भित्रने

मेरोन्यूज २०७९ जेठ ६ गते १४:०९

काठमाडौं । इण्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध हटाउँने भएको छ । पाम तेलको प्रतिबन्ध हटाएपछि सोमबारबाट नेपालमा पनि पाम तेल भित्रने भएको हो ।

गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेल निर्यात रोकेको थियो ।इण्डोनेसियाले पाम तेलको निर्यात रोक्दा नेपाली बजार पनि त्यसबाट प्रभावित भएको थियो ।
। पाम तेल बिस्कुट, साबुन, चाउचाउ लगाउतका उद्योगमा कच्चा तेलको रुपमा प्रयोग हुनुका साथै नेपालमा प्रशोधन भएर ठूलो मात्रामा पाम तेल भारत निर्यात हुँदै आएको थियो ।

चालु आर्थिक वर्षको चैतसम्म ३३ अर्ब ६१ करोड रुपैयाँ बराबरको २४ करोड ७८ लाख लिटर पाम कच्चा तेल नेपाल भित्रिएको थियो । आगामी सोमबारदेखि पाम तेलको आयात हुने जानकारी पाएको मोरङ व्यापार संघका निवर्तमान पूर्व अध्यक्ष प्रकाश मुन्दडाले बताए ।

प्रतिक्रिया