बुधबार, वैशाख १२, २०८१

एन्फा चुनावः पंकज समूहले आज उम्मेदवारी घोषणा गर्ने

मेरोन्यूज २०७९ जेठ ६ गते ९:३०

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङ समूहले आज (शुक्रबार) उम्मेदवारी घोषणा गर्दैछन् ।

६ असारमा हुने चुनाबको लागि आजबाट उम्मेदवारी मिति सुरु भएको छ । एन्फा अध्यक्षका लागि पंकजले आफ्नो समूहको नेतृत्व गर्दै अध्यक्षमा उम्मेदवारी दिदैछन ।

यस्तै वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी दिने तयारी गरेका छन् । ललितपुर स्थित होटेल हिमालयमा यस समूहले पत्रकार सम्मेलन गर्दै साढे १२ बजे उम्मेदवारी दिदैछ ।

आजनै वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालेसमेत उम्मेदवारी दिने भएका छन् ।

न्युज कारखानासँग अध्यक्ष शेर्पाले भने, ‘शुक्रबार अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरुसँग सल्लाह भइरहेको छ ।’

यस अघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।

तर यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका हुन् ।

प्रतिक्रिया