शुक्रबार, वैशाख ७, २०८१

भरतपुरमा ५३,३४६ मतगणना सकिँदा रेनु ३३०७ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ ६ गते ७:००

चितवन । भरतपुर महानगरको पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल बलियो बन्दै गएकी छन् । भरतपुर महानगरपालिकामा ५३ हजार ३४६ मतको गणना हुदाँ रेनुले २० हजार २२४ मत पाएकी छन् । एमालेका विजय सुवेदीले १६ हजार ९१७ मतले पछ्याइरहेका छन् । स्वतन्त्र उमेदवारी दिएका जगन्नाथ पौडेलले ७ हजार ८४० मत प्राप्त गरेका छन् । विजयभन्दा रेनु ३ हजार ३०७ मत अघि छिन् । अहिले ११ र १२ नम्बर वडाको मतगणना भइरहेको छ । दुवै वडाको वडाध्यक्षमा एमालेले अग्रता लिएको छ ।

प्रतिक्रिया