बुधबार, वैशाख ५, २०८१

अछामको साँफेबगरमा आज मतदान 

मेरोन्यूज २०७९ जेठ ६ गते ६:१७

काठमाडौं । अछामको साँफेबगरमा आज शुक्रबार मतदान हुने भएको छ । यसअघि ३० वैशाखमा स्थगित भएको मतदान आज बिहानदेखि हुन लागेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ र बाजुरा जिल्ला बुढीगंगा नगरपालिकाको मतदानको बारेमा भने निर्णय भइसकेको छैन ।

यसअघि ७५३ पालिकामध्ये दाङको तुल्सीपुर उपमहानगरपालिका–१७ र कपिलवस्तुको महाराजगञ्ज नगरपालिका बाहेक देशभरका मतदान केन्द्रमा मतदान कार्य सञ्चालन भएको थियो ।

तर, मतदानको क्रममा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई विभिन्न मतदान केन्द्रमा मतदान स्थगित हुन गएको थियो ।स्थगन भएका स्थानमध्ये ५ स्थानमा १ जेठ, ७ स्थानमा २ जेठ, ८ स्थानमा ३ जेठ र १५ स्थानमा जेठमा मतदान कार्य सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया