बिहीबार, वैशाख १३, २०८१

काठमाडौं वडा नम्बर २७ र २८ स्थापितले लिए अग्रता, बालेन शाह तेस्रो

मेरोन्यूज २०७९ जेठ ५ गते २२:२७

काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्।

२७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्।

त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।

साँझ ९ बजेसम्म ६४ हजार ५ सय ७९ मतगणना भएकोमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार साहले २४ हजार ६ सय ३३ मत प्राप्त गरेका छन्।

एमालेका उम्मेदवार केशव स्थापितले १३ हजार ३७ मत प्राप्त गरेका छन्। त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२ हजार २ सय ७२ मत प्राप्त गरेकी छिन्।

काठमाडौं महानगरपालिकाको मतपरिणाम रोचक बन्दै गइरहेको छ। यसअघि गनिएका सबै वडामा बालेन साहले अग्रता लिएका थिए। तर, आजबाट गन्न सुरु भएको २७ नम्बर वडामा भने स्थापितले अग्रता लिएका छन्।

प्रतिक्रिया