शुक्रबार, वैशाख १४, २०८१

भरतपुरमा रेनुले लिए ३ हजार ३३० मतको फराकिलो अग्रता

मेरोन्यूज २०७९ जेठ ५ गते २१:२६

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ३ हजार ३३० मतको फराकिलो अग्रता लिएका हुन् ।

पछिल्लो मतपरिणाम नुसार रेनुले १७ हजार ९०१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले १४ हजार ५७१ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ ।

प्रतिक्रिया