शुक्रबार, वैशाख ७, २०८१

निर्वाचन पछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्दै, निति तथा कार्यक्रम पास गर्ने तयारी

मेरोन्यूज २०७९ जेठ ५ गते १९:१२

काठमाडौं । सरकारले शुक्रबार विहान ९ बजेको लागि मन्त्रि परिषद्को वैठकका लागि आह्वान गरेको हो । सरकारले स्थानीय तह निर्वाचन पछि पहिलो पटक मन्त्रिपरिषद्को वैठकका लागि आह्वान गरेको हो ।

निर्वाचन आचारसंहिताका कारण रोकिएको सरुवा, बढुवा, नियुक्ति लगायतका विषयमा भोलीको वैठकमा बहस हुने स्रोतले जनाएको छ । भोलीको वैठकमा सरकारको निति तथा कार्यक्रम पास गर्ने सम्भावना रहेको एक मन्त्रिले मेरोन्यूजलाई जानकारी दिए ।

प्रतिक्रिया