शनिबार, वैशाख ८, २०८१

काठमाडौं ८ मा मतगणना जारी, बालेन भन्दा सिर्जना अगाडी

मेरोन्यूज २०७९ जेठ ५ गते १८:४७

काठमाडौं । काठमाडौं महानगरपालिकाकी कांग्रेस मेयर उम्मेदवार सिर्जना सिंहले वडा नम्बर ८ मा अग्रता लिएकी छन्।

वडा नम्बर ८ मा अहिले मतगणना भइरहेको छ। पछिल्लो विवरणअनुसार यो वडामा सिर्जनाको मत स्वतन्त्र उम्मेदवार बालेन शाह र एमालेका केशव स्थापितभन्दा धेरै छ।

यो वडाको २०० मतगणना गर्दा सिर्जनाले ९९ मत पाएकी छन्। उनका प्रतिस्पर्धी बालेन शाहले भने ४० मत पाएका छन्। एमालेका स्थापितले जम्मा १७ मत पाएका छन्।

अहिले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिइसकेको छ। यी सबै वडामा शाह नै अगाडि छन्। त्यस्तै वडा नम्बर ६, ७, ८, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।

यी वडाहरूमा पनि शाह नै अगाडि देखिन्छन् । ५८ हजार ८९७ मत गन्दा अहिलेसम्म बालेनले २३ हजार ५८४ मत पाएका छन्। स्थापितले भने १२ हजार ३८० मत पाएका छन् । सिर्जनाको ११ हजार ४९९ मत पाएकी छन्।

प्रतिक्रिया