बिहीबार, चैत १५, २०८०

नवनिर्वाचित वडा अध्यक्षको उजुरी नै लिन मानेन प्रहरीले

आफुलाई पिटनेमाथी कारवाहीको माग

मेरोन्यूज २०७९ जेठ ५ गते १८:१६

रौतहट । रौतहटका एक जननिर्वाचित वडा अध्यक्ष आफुमाथी भएको कुटपिटको घटनामा न्याय मागिरहेका छन् । निर्वाचनमा उम्मेदवार भईरहँदा उनीमाथी विपक्षीबाट निर्घात कुटपिट भएको थियो ।

घटनापछि उनले प्रहरी प्रशासनमा हारगुहार धेरै गरे । तर पनि प्रहरीले जाहेरी लिन नमान्दा उनले उनीमाथी कुटपिट गर्ने दोषीलाई कारवाही गराउन सकेका छैनन ।

उनी हुन्, – रौतहट राजपुर नगरपालिका, वडा नम्बर १ का निर्वाचित वडा अध्यक्ष शेषा अमिरुल्लाह । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रहेका बेला उनलाई निर्वाचनकै दिन बैशाख ३० गते कांग्रेसका कार्यकर्ताहरुले लखेटी लखेटी कुटपिट गरेका थिए ।

कुटपिटका कारण उनको हात भाँच्चिएको छ । टाउको फुटेको छ । अवस्था नाजुक र्नै छ । त्यक्ति मात्रै होइन, चुनाव सकिएको भोलिपल्ट फेरि पनि उनीमाथी आक्रमणको योजना साथ कांग्रेसका स्थानीय नेता कार्यकर्ताले ट्याकटरमा चिर्पटहरु राखेर उधुम मच्चाएका थिए ।

शेषा अमिरुल्लाह माथी आक्रमणका लागि ट्याटरमा लुकाई राखिएको चिर्पटहरु

तर पनि प्रशासनले उनको जीवनरक्षा र उनी माथी पटक–पटक आक्रमणमा उत्रने कांग्रेसका स्थानीय नेता कार्यकर्तामाथी कारवाही प्रक्रिया नै अगाडी वढाएको छैन ।

Advertisement

उनी नगरपालिकाको वडा नम्बर १ मा १०७५ मत ल्याएर निर्वाचित भएका थिए । त्यहाँ कांग्रेसले १०२६ मत मात्र ल्याएको थियो ।
आफुमाथी आक्रमण गर्नेलाई कारवाहीको माग गरेर उनी पटक पटक प्रहरीमा उजुरीका लागि पुगेका छन् । तर पनि उनको उजुरी प्रहरीले लिन मानेको छैन ।

‘म पटक पटक आफुमाथी आक्रमण गर्नेलाई कारवाही गरियोस् भनेर प्रहरीमा उजुरी दिन गईरहेको छु,’ नवनिर्वाचित वडा अध्यक्ष अमिरुल्लाह भने,–‘तर प्रहरीले उजुरी लिनै मानिरहेको छैन । दोषीलाई कारवाही गर्नेतिर अन्देखा गरेर वसिरहेको छ ।’

उनले आफुमाथी आक्रमण गर्नेलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया