शुक्रबार, वैशाख ७, २०८१

भरतपुरमा ४५ हजार ६० मत गन्दा कसले कति पाए ?

रेनु दाहाल विजय सुवेदी भन्दा ३२७९ मतले अगाडी

मेरोन्यूज २०७९ जेठ ५ गते १७:४२

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १० र ११ को मतगणना अहिले जारी छ।

अहिलेसम्म ४५ हजार ६० मत गणना हुँदा महानगरको मेयरमा गठबन्धनकी रेनु दाहालले १६६८९, एमालेका विजय सुवेदीले १३४१० र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ भोट पाएका छन्। दाहाल र सुवेदीको मतान्तर ३२७९ छ।

वडा नम्बर १० मा मेयरका उम्मेदवार दाहाल र सुवेदीको कडा प्रतिष्पर्धा चलिरहेको छ। केही भोटले दाहाल अघि छन्। वडा नम्बर ११ को प्रारम्भिक गणनामा सुवेदी केही भोटले अघि छन्। वडा नम्बर ११ को ११ सय मतगणना हुँदा वडाध्यक्षमा एमालेका उम्मेदवार कमल मल्ल १२४ भोटले अघि छन्। वडा नम्बर १० मा ३३४९ मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार परमेश्वर खनाल २६० भोटले अघि छन्।

भरतपुर महानगरपालिकामा एकीकृत समाजवादीले दोश्रो वडाध्यक्ष जितेको छ। वडा नम्बर ९ बाट उक्त पार्टीका उम्मेदवार यमलाल कँडेल विजयी भएका हुन्। उनी गठबन्धनबट वडाध्यक्षको उम्मेदवार थिए।

कँडेलले १९५८ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लिलाबल्लभ भुषालले १४०६ भोट ल्याए। यसअघि उक्त पार्टीले वडा नम्बर ७ मा पनि वडाध्यक्ष जितेको थियो।

प्रतिक्रिया