शनिबार, वैशाख १५, २०८१

मत गन्नै बाँकी छ, जित्ने अझै आशा छ : सिर्जना सिंह

मेरोन्यूज २०७९ जेठ ५ गते १५:३८

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मेयरकी उम्मेदवार बनेकी सिर्जना सिंहले महानगरको मेयरमा आफुले जित्ने आश अझै बाँकी नै रहेको बताएकी छन् । मतगणना गरेको ५ दिनपछि राष्ट्रिय सभा गृहको मतगणनाको निरीक्षणका लागि पहिलो पटक पुगेकी सिंहले मतगणनासथलबाट बाहिरिने क्रममा अझै आफुले आश मारिनसकेको बताएकी हुन् ।

उनी अहिले सममको मतगणनामा तेस्रो स्थानमा छिन् । स्वतन्त्र उम्मेदवार बालने शाह उनी भन्दा १० हजार बढी मतले अगाडी छिन् । उनी अगाडी एमाले उम्मेदवार केशव स्थापित छन् ।


‘मत भर्खरै ६० हजार मात्रै गणना भएको छ । अहिले नै जीत हार भइसकेको छैन । हामीले जित्ने वडाहरुमा मत आउँदै नआएका पनि होइन ।’ सिंहले भनिन्, –‘यो भन्दा राम्रो पनि हुनुपर्थ्यो, केही ठाउँमा राम्रो आइरहेको छ, केहीमा नराम्रो भएको छ । तर धेरै मत गन्न बाँकी छ, अहिले नै निष्कर्षमा पुगिहाल्न मिल्दैन ।’

देशभरी पहिलो दल हुँदा काठमाडौंमा कांग्रेस पछाडि पर्नुमा आफू अच्चमित बनेको उनले बताइन् । आफूले प्राप्त गरेको एक भोटको पनि सम्मान गर्ने भन्दै सिंहले भनिन्, ‘प्रत्येक वडामा मेरो मत राम्रो आएको छ, अबको वडाहरुमा पनि मलाई माया गर्नु हुन्छभन्ने् आश रहेको छ । मैले जित्नेमा पूर्ण आशवादी छु ।’

प्रतिक्रिया