शुक्रबार, चैत १६, २०८०

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपालमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप

मेरोन्यूज २०७९ जेठ ५ गते १५:०१
फाइल तस्बिर

काठमाडौं । सिन्धुपाल्चोकको गुन्सामा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । मतगणनाको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा पाँचपोखरी थाङपाल गाउँपालिका(५, गुन्सा क्षेत्र तनावग्रस्त बनेको छ ।

दुवै पक्षबीच कुटाकुट र ढुंगामुडा हुन थालेपछि स्थानीयको गुहारमा झडपलाई रोक्न गुन्सा क्षेत्रमा चारैतिर सुरक्षाकर्मी तैनाथ परिचानल गरिएको छ । बुधवार मत गणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको अर्धकट्टी नै नभएको पाइएपछि पुन मतगणना गर्नुपर्ने माग राख्दै कांग्रेससहित अन्य दलका कायकर्ताले मतगणनालाई रोकेका थिए ।

प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले दुवै पक्षबीचको कटुभावले झडप भएको र सुरक्षाको लागि घटनास्थलमा सुरक्षाकर्मी खटाइएको बताए । बुधवार घटनास्थलमा प्रजिअ खनाल, निर्वाचन अधिकारीको टोली पुगेर विवाद मिलाएको थियो । सोक्रममा वडामा हराएको तीन मतबारे सहमति गराई मतगणना सम्पन्न सकिनएको थियो ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार वडा नं। ५ मा १५ मतान्तरले एमालेका काले गोले विजयी भएका छन् । त्यही विषयले यहाँ तनावको स्थिति सिर्जना भएको हो । कांग्रेस क्षेत्र न २ का महाधिवेशन प्रतिनिधि कालिका गोलेकाअनुसार बिहीवार बिहान गुन्साबाट गाउँपालिका भवनतिर जाँदै गरेका कांग्रेसका एक कार्यकर्तालाई एमालेका कार्यकर्ताको समुहले बाटो छेकेर कुटपिट गर्दै मोटरसाइकल तोडफोड गरेका थिए ।

Advertisement

प्रतिक्रिया