शुक्रबार, चैत १६, २०८०

भरतपुर महानगरमा रेनुको अग्रता कायम, जगन्नाथले कति मत ल्याए ?

मेरोन्यूज २०७९ जेठ ५ गते १४:३६

काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकामा हाल सम्म ४२ हजार ४५३ मत गणना भएको छ । उक्त संख्यामा भएको मतगणनालाई हेर्दा नेकपा माओवादी केन्द्रकी रेनु दहालले नै अग्रता लिएको देखिन्छ ।

मेयरका उम्मेदवार दहालले १६ हजार १२३ मत ल्याएकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का विजय सुवेदीले १२ हजार ९०९ मत प्राप्त गरेका छन् । बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ६ हजार ६४७ मत ल्याएका छन् ।

त्यस्तै महानगरको उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १८ हजार ६१८ मत ल्याएका छन् भने राप्रपाका हिमला गुरुङ्गले १० हजार ३७५ मत ल्याएका छन् ।

प्रतिक्रिया