शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं ८ मा सिर्जना सिंहको अग्रता, बालेन शाह दोब्बर मतले पछाडि

मेरोन्यूज २०७९ जेठ ५ गते १४:१९

काठमाडौं । काठमाडौं महानगरपालिका ८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छन् ।

वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले भने २२ मतका साथ सिर्जनालाई पछ्याइरहेका छन् । एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

अहिलेसम्म बोलनले २२ हजार ८४२ मतसहित अग्रता बनाएका छन् । एमालेका केशव स्थापितको ११हजार ७६९ मत छ । यस्तै काँग्रेस उम्मेदवार सिर्जनाले १० हजार ९८६ मत पाएकी छन् ।

प्रतिक्रिया