शुक्रबार, चैत १६, २०८०

तुलसीपुरमा कांग्रेसका गिरीको अग्रता

मेरोन्यूज २०७९ जेठ ५ गते १२:१०

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् । १० हजार ५२५ मत गणना हुँदा गिरीले ४ हजार ६१३ मत प्राप्त गरेका छन् ।

एमालेका उम्मेद्वार टिकाराम खड्काले ४ हजार ४०३ मत प्राप्त गरेका छन् । यी दुईको मतान्तर २१० रहेको छ । दुबै उम्मेदवारबीच कडा टक्कर भइरहेको बेला गिरीले मतान्तर २०० कटाएका हुन् ।

उमेयर पदका उम्मेदवार स्यानी चौधरीले ४ हजार २२६ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार जोगबहादुर रानाले ३ हजार ७३८ मत प्राप्त गरेका छन् ।

तुलसीपुरको वडा नं। १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं। ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।

Advertisement

प्रतिक्रिया