शुक्रबार, वैशाख ७, २०८१

भारतमा वायु प्रदूषणबाट २३ लाख जनाको मृत्यु

मेरोन्यूज २०७९ जेठ ५ गते ७:०९

नयाँ दिल्ली । प्रदूषणका कारण भारतमा सन् २०१९ मा २३ लाख भन्दा बढी मानिसको मृत्यु भएको एउटा अध्ययनले देखाएको छ । ल्यान्सेटले गरेको अध्ययनमा १६ लाख मानिसहरूको मृत्यु वायु प्रदूषणका कारण मात्र भएको थियो । त्यस्तै, ५ लाख जनाको मृत्यु जल प्रदूषणका कारण भएको थियो ।

ल्यान्सेटको प्रतिवेदनअनुसार सोही वर्ष प्रदूषणका कारण ९० लाख जनाको अकालमा ज्यान गएको थियो । त्यस हिसाबले हरेक ६ जनामा एक जनाको प्रदूषणका कारण मृत्यु भएको थियो । प्रदूषणबाट सबैभन्दा प्रभावित देशहरूमध्ये भारत पनि एक रहेको अध्ययनमा जनाइएको थियो ।

विश्वव्यापी स्वास्थ्यमा प्रदूषणको प्रभाव युद्ध, आतंकवाद, मलेरिया, एचआईभी, क्षयरोग, लागूपदार्थ र मदिराको भन्दा धेरै ठूलो रहेको अध्ययनमा जनाइएको थियो ।
असुरक्षित पिउने पानी, घरभित्रको वायु प्रदूषण र अपर्याप्त सरसफाइसँग सम्बन्धित मृत्युदरमा कमीसँगै अफ्रिकामा भने उल्लेख्य सुधार आएको अध्ययनमा उल्लेख छ ।

प्रतिक्रिया