शनिबार, वैशाख ८, २०८१

मेषलाई सामाजिक कामबाट मानसम्मान मिल्ने, तपाईको राशिफल कस्तो ?

मेरोन्यूज २०७९ जेठ ५ गते ६:४६

काठमाडौं । आज मिति ५ जेठ, २०७९ बिहीबार । तद्नुसार मे महिनाको १९ तारिक २०२२ । ज्येष्ठकृष्णपक्ष चतुर्थी, बब करण, मूल नक्षत्र, साध्य योग, चन्द्रमा धनु राशिमा छ । आज विहान सूर्योदय ५ः१५ मा भएको छ भने सूर्यास्त १८ः४७ मा हुनेछ ।

आजका देवता सावित्री, ग्रहदेव शुक्र हुन् । भनिन्छ, विहीबारको दिन अध्ययनअध्यापन कार्यका लागि शुभ मानिन्छ । आज बिहान ११ः३४ देखि १२ः२८ सम्मको समय अभिजित मुहूर्त छ । यो समयमा कुनैपनि शुभकार्य गर्दा मनोवाञ्चित फल प्राप्त हुनेछ । हरेक दिनको शुभ र अशुभ समय हुन्छ । हामीले कुर्न नयाँ र राम्रो कामको शुरुवात शुभ समयमा गर्दा सफलता प्राप्त गर्न सकिन्छ ।

आजको राशिफल

मेष
सामाजिक सेवाको कामबाट मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । आज मनमा खुसी छाउने छ । नयाँ काम गर्न मन लाग्नेछ । नयाँ मित्रमण्डलीसँग भेट हुनेछ । परिवारका सदस्यबाट सहयोग हुनेछ ।

वृष
आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट सोचभन्दा बढी आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । देवालयको यात्राले मन हर्षित हुनेछ ।

मिथुन
धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ ।

कर्कट
कर्कट राशिका जातकका लागि सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । आजको दिन मौन रहनु, नियमित काम बाहेक अन्य काममा त्यति धेरै ध्यान नदिनुहोला ।

सिंह
सिंह राशिका जातकले बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । अध्ययनमा रुचि छ भने नयाँ पुस्तक अध्ययनको थालनी तपाईंका लागि शुभ हुनसक्छ । बिहीबा व्रत गर्नु शुभ हुनेछ ।

कन्या
तपाईंका लागि यात्रा गर्नुपर्ने हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । स्त्री जातिको साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ ।

तुला
मानसिक असन्तोष रसोच अनुसारको काम नहुँदा मनमा चिन्ता थप हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । आजको दिन गणेशको मन्दिरको दर्शन गरेर काम शुरु गर्दा शुभ हुन्छ ।

वृश्चिक
बिहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ ।

धनु
आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन समयमा काम हुनेछ । आर्थिक बृद्धि हुनेछ । आजको दिन मित्रमण्डलीबाट सहयोग हुनसक्नेछ । देवालय र शिवालयको दर्शन गर्नु जानुहोला । चन्द्रमाको साथ रहेको छ । आजको दिन बिहान सूर्योदयको दर्शन गर्नुहोला ।

मकर
आजको दिन सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ विहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।
कुम्भ

मनमा अति प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य मेत खुसी हुनेछन् । कसैलाई पनि मन दुखाउने काम नगर्नुहोला ।

मीन
बिहीबारका दिन मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम हुनेछ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशि भएका ब्यक्तिले आजको दिन कुनै नयाँ पुस्तक पठन र लेखनका काम गर्नसक्नुहुन्छ । विद्यार्थी वर्गकाा लागि बिहीबारको दिन कुनै काम शुरु गर्दा सफलता प्राप्त हुनेछ ।

प्रतिक्रिया