शुक्रबार, चैत १६, २०८०

कञ्चनपुर दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी

मेरोन्यूज २०७९ जेठ ४ गते १८:५६

काठमाडौं । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ।

मेयरमा एमालेका किशोर लिम्बू विजयी भएका हुन्। उनले नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गरेका छन्।

लिम्बुले ७ हजार १०४ मत पाएका थिए भने उनका भट्टले ६ हजार १७१ मत ल्याए।

यस्तै उपप्रमुखमा कांग्रेसकी उम्मेदवार गंगादेवी विजयी भएकी छन्। उनले ६ हजार ३६५ मत प्राप्त गरेकी छन्। एमालेकी उम्मेदवार खिमा चन्दलाई पराजित गर्दै उनी विजयी भएकी हुन्।

Advertisement

प्रतिक्रिया