शुक्रबार, चैत १६, २०८०

नेपाल टी ट्वान्टी लिग असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुने

मेरोन्यूज २०७९ जेठ ४ गते १६:४१

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुने पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग आगामी असोज दोस्रो सातादेखि हुने भएको छ ।

युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले उक्त प्रतियोगिताको औपचारिक घोषणा क्यानद्वारा आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् । प्रतियोगिता आगामी असोज ८ गतेदेखि कात्तिक ५ गतेसम्म हुनेछ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उक्त प्रतियोगितामा विभिन्न छ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । क्यानले यसअघि नै प्रेस विज्ञप्तिमार्फत उक्त प्रतियोगिताको घोषणा गरेपनि मिति भने सार्वजनिक गर्न सकेको थिएन ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेपालको आधिकारिक टी ट्वान्टी लिगको औपचारिक घोषणा गर्न पाउँदा खुसी लागेको भन्दै उक्त प्रतियोगिताले पर्यटकीय र व्यावसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने विश्वास व्यक्त गरे ।

Advertisement

प्रतिक्रिया