शुक्रबार, चैत १६, २०८०

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी

मेरोन्यूज २०७९ जेठ ४ गते १६:२८

पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो । मतगणनास्थलमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको थियो ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।


गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया