बिहीबार, वैशाख १३, २०८१

माधव नेपालको गृहनगरमा मेयर र उपमेयर एकीकृत समाजवादीले जित्यो

मेरोन्यूज २०७९ जेठ ४ गते १६:१७

काठमाडौं । रौतहटको गौर नगरपालिकाको मेयर र उपमेयर दुवै पद नेकपा एकीकृत समाजवादीले जितेको छ । एकीकृत समाजवादीका उम्मेदवार शम्भु साह निकटतम् प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अजय गुप्तालाई पराजित गर्दै मेयरमा निर्वाचित भएका हुन् ।

साहले ६ हजार ३८१ मत प्राप्त गर्दा गुप्ताले ३ हजार ७५५ मत ल्याए । नेपाली कांग्रेसका उम्मेदवार मोहनकुमार यादवले ३ हजार २११ मत पाए ।

यसैगरी उपमेयरमा पनि एकीकृत समाजवादीकै शैलकुमारी साह निर्वाचित भएकी छन् । उनले ४ हजार ८०९ मत ल्याइन् भने निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टीका अमरुल कले १ हजार ४७ मत पाए । नेपाली कांग्रेसकी उपमेयर उम्मेदवार शाहजान खातुनले ९४४ मत ल्याइन् ।

प्रतिक्रिया