बिहीबार, वैशाख १३, २०८१

बालेनले कांग्रेस-एमाले कसको ताने बढी भोट ? (तथ्यांकसहित)

वडाका आफ्नै पार्टी उम्मेदवार भन्दा आधा मत मात्रै मेयरमा स्थापित र सिर्जनालाई

शितल शर्मा २०७९ जेठ ४ गते १९:०४

बालेन शाह ‘हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको र्‍यापलाई मन पराउने ठूलो युवा जमात छ। उनै र्‍यापर बालेन शाहले यतिबेला काठमाडौं हल्लाईरहेका छन् । कांग्रेस र एमालेजस्ता मसिहा पार्टीका चिरपरिचित उम्मेदवारलाई उछिन्दैं देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेनको
रेस निक्कै माथी छ ।

पार्टी, संगठन नै नभएक र, राजनीति समेत नगरेका बालेनले काठमाडौंको मेयरको मतगणनामा लिईरहेको लिडले के साच्चै बालेन शाह चुनाव जित्लान् ? अहिले काठमाडौं देखि आम मान्छेहरुको दिलदिमागमै यही प्रश्न उब्जिरहेको छ ।

तर उनी एमालेका केशव स्थापित र कांग्रेसका सिर्जना सिंहको एक पछि अर्को फराकिलो मतान्तर सहित चुनावी परिणाममा अग्रता लिईरहेका छन् । यो समाचार तयार पार्दासम्म बालेन शाहले १७ हजार ७४३ मत पाएका छन् । स्थापितले ९ हजार ११० र सिर्जनाले ८ हजार १६७ मत पाएका छन् ।

यो परिणाममा बालेन दोस्रो स्थानमा रहेका स्थापित भन्दा ८ हजार ६३३ मत र तेस्रोमा रहेकी सिर्जना भन्दा ९ हजार ५७६ मतले अगाडी छन् ।

कुल ३ लाख २४२ मतदाता रहेको काठमाडौं महानगरमा ६४ प्रतिशत मत खसेको थियो । यसहिसावले १ लाख ८९ हजार ४२० भोट गन्नुपर्ने भएकाले अहिले नै बालेनले नै जित्छन् भनिहाल्न नसकिएला। तर, उनले काठमाडौं महानगरको जुन वडाको मत गणना गर्दा वा मतपेटिका खोल्दा समेत प्रतिस्पर्धी स्थापित र सिंहको भन्दा अग्रताको बढोत्तरी र वडाहरुको मतको स्थिति हेर्दा उनको जितको सम्भावना बढ्दै गएको छ।

भारतबाट इन्जिनियरिङ पढाइ सकाएका बालेन आफू मेयरमा निर्वाचित भए काठमाडौंको जाम, प्रदूषणको समस्या हल गर्ने र मेट्रो रेलसम्मको योजना सुनाएर चुनावी दौडमा थिए ।

परम्परावादी भनिने कांग्रेस, एमाले र माओवादी दलको मात्र जित देख्ने मानिसहरुमाथी बालेनले काठमाडौंमा स्वतन्त्रमा उठेरै ल्याएको मतले नै दहो झापड दिईरहेको छ । उनको लौरो (चुनाव चिन्ह) नयाँ पुस्तामाथि सधैँ प्रश्न उठाउँने, अविश्वास र शंकाको नजरले हेर्ने परम्परावादी शक्तिका समेत अहिले विश्वासको टेकिने दरिलो भरोसा भएको उनले ल्याएको मत परिणामले संकेत गरेको छ ।

बलिया बलिया बहुवलीका साथ निर्माण गरिएका पार्टी संगठनात्मक संरचना, भडकिलो चुनावी प्रचार, त्यही अनुसारको चुनावी परिचालन र स्रोत साधनका वीच चुनावमा होमिएका दलहरुलाई नै माथ खुवाउने गरी बालेनले कसरी मत ल्याईरहेका छन् ? अनि उनी स्वतनत्र उम्मेदवार उठेरै ह्वारह्वारर्ती मत ल्याईरहँदा त्यसको सवैभन्दा ठूलो धक्का स्थापित या सिर्जना कसलाइ लागेको होला ? यो प्रश्न पनि अहिले उठिरहेको छ ।

गत स्थानिय तह चुनावमा साझा र विवेकशिल पार्टीले क्रमशः किशोर थापा र रन्जु दर्शनाले अप्रत्यारिलो गरी मत ल्याएका थिए । जित्ने मत उनीहरुको नभएपनि विवेकशीलका उम्मेदवार दर्शनाले २३,४३९ र साझा पार्टीका उम्मेदवार थापाले १८,४९६ मत गत चुनावमा ल्याएका थिए ।

बैकल्पिक राजनीतिक शक्तिका नाममा उनीहरुले त्यो बेला त्यसरी मत ल्याएपनि अहिले विवेकशीलको अवस्था काठमाडौंमा लज्जस्पद छ । त्यो बैकल्पिक जनमत बालेनतिर आर्कर्षित भएको उनले पा्रप्त गरिरहेको मत परिणामले संकेत गरिरहेको छ ।

यसका आलावा उनले कांग्रेस र एमाले भन्ने परम्परावादी पार्टीकै मतदाताबाट पनि मत आफुतिर आर्कर्षित गरेको परिणामहरुले देखाईरहेको विश्लेषण राजनीतिक बृतमा गरिन थालिएको छ ।

त्यसो हो भने बालेन चुनाव लडिरहँदा र उनले काठमाडौंको मेयरको मतगणनामा अन्य दलका उम्मेदवारलाइृ पछि पादैं लिड गरिरहँदा त्यसको असर सवैभन्दा वढी स्थापितलाई परेको छ या सिर्जनालाई ? अर्थात, बालेनले एमालेको मत काटाएर आफुतिर तानिरहेका छन् या कांग्रेसको ? त्यसका लागि अहिलेसम्म गणना भएका मत परिणाम विश्लेषण गरौं ।

काठमाडौं महानगरमा अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ वडाको सम्पूर्ण रुपमा मतगणना सकिएको छ । वडा नम्बर ४, ६, ७, २९, ३० र ३१ वडाको मतगणना अहिले जारी छ । यी जे जति वडाको मत गणना भए यी सवैंमा एमालेका स्थापित र कांग्रेसका सिर्जना भन्दा बालेन अगाडी छन् ।

कांग्रेस र एमालेका वडा अध्यक्षले वडामा पाएको मतका आधारमा विश्लेषण गर्दा सरदर बालेनले सिर्जनाको मत (कांग्रेस)को भन्दा एमालेको (स्थापित)को मत नै बढी मात्रामा काटिरहेको तथ्यले देखाएको छ । तर, काटन चँही उनले कांग्रेस, एमाले दुवैको मत आफुतिर आर्कर्षित गरेको तथ्यले देखाएको छ ।

सम्पूर्ण रुपमा गणना भईसकेका वडाहरुको नतिजा नियाल्यौं

वडा नम्बर १

२३९८ मत गणना भएको यो वडा मेयर पदमा बलेनले ७८३, केशव स्थापित ३६५ र सिर्जना सिंहले ४५१ मत पाएका छन् । यो वडामा वडा अध्यक्ष एमालेले जितेको छ । अन्य ४ सदस्य भने कांग्रेस र एमालेको मिश्रित रुपमा निर्वाचित भएको छ ।

वडा अध्यक्षको मतका आधारमा हेर्दा निर्वाचित वडा अध्यक्ष एमालेका भरतलाल श्रेष्ठले ६२२ र कांग्रेसका किरण श्रेष्ठ (निकटतम प्रतिद्धन्द्धी) ले ५९८ मत पाएका छन् । तर कांग्रेस र एमाले दुवैका वडा अध्यक्षले ल्याएको मत पनि मेयरमा न स्थापितले ल्याउन सकेका छन्, न सिर्जना सिंहले नै । बरु मेयरमा ती मतहरु पनि बालेनलाई गएको छ ।

एमालेका स्थापित भन्दा एमालेकै वडा अध्यक्षले २५७ मत वढी ल्याएका छन् । त्यस्तै, कांग्रेसका सिर्जनाले भन्दा वडा अध्यक्षले १४७ भोट बढी ल्याएका छन् । यस हिसावले हेर्दा वडामा एमाले , कांग्रेसका उम्मेदवारले पाएको मत पनि बालेनले मेयरमा पाएका छन् ।

वडा नम्बर २

३३९७ मत गणना वडा नम्बर २ मा भएको थियो । यसमध्ये बालेनले १२१५, स्थापितले ७२८ र सिर्जना सिंहले ४९७ मत पाइन् । यो वडा एमालेले प्यानलै जितेको थियो । एमालका राजेन्द्र कुमार श्रेष्ठ १३७७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए । कांग्रेसका सूर्य लाल महर्जन ९६३ मत सहित प्रतिद्धन्द्धी बने । सरदर वडाका अन्य सवै एमाले उम्मेदवारले यो वडामा १२ सय मत ल्याएको देखिन्छ ।

तर स्थापितले वडाका उम्मेदवारको तुलनामा झण्डै आधा मत मात्र पाएका छन् । तर बालेनले वडामा निर्वाचित जनप्रतिनिधीले जति मत आफनो पक्षमा पार्न त्यस वडामा पनि सफल भएका छन् ।

वडा नम्बर ३

यो वडामा ६२६३ गणना भएको थियो । जसमा बालेनले २४०६, स्थापितले १२०३ र सिर्जनाले ११७० मत पाएका थिए । यो वडामा पनि वडा अध्यक्ष एमालेले जितेको थियो । एमालेका वडा अध्यक्ष प्रेम थापा २१३८ मत ल्याएर निर्वाचित भएका थिए । यो वडामा कांग्रेसका राजेश अधिकारी १४९१ म्त पाएका थिए । प्यानलै वडा जितेको एमालेको उम्मेदवारहरुले सरदर २१ सय मत सवैले ल्याएका छन् । कांग्रेसका उम्मेदवारको भने सरदर १४ सय आसपास मत छ । एमालेका स्थापित वडाका पार्टी उम्मेदवारले भन्दा यहाँ पनि झण्डै आधामा छन् । तर सिर्जनाले भने सकभर वडामा कांग्रेसले पाएको मत आफुमा पनि सुरक्षित गर्न सफल देखिन्छन् ।

वडा नम्बर ५
वडा नम्बर ५ मा ४०७९ मत गणना भएको थियो । जसमध्ये बालेनले १५०१, स्थापितले १०६६ र सिर्जनाले ७२७ मत ल्याएकी थिइन् । तर यो वडामा पनि एमालेले वडा अध्यक्ष जितेको थियो । एमालेका विरेन्द्र प्रजापति १८१८ मत ल्याएर वडामा निर्वाचित भएका थिए । कांग्रेसका रमेश डंगोल १५७५ मत यो वडामा पाएका थिए । वडामा एमाले र कांग्रेसको मिश्रित परिणाम सदस्यहरुमा आएपनि निर्वाचितले सरदर १५ सय मत ल्याएर जितेका छन् । तर स्थापित र सिर्जना दुवैले आफ्नै वडाका जनप्रतिनिधीले जति मत पनि त्यहाँबाट पनि ल्याउन नसकेको तथ्यले देखाउँछ ।

अहिले केशव स्थापितको वडा नम्बर २८ को पनि मतगणना शुरु भएको छ । यो वडाको २०० मतगणना गर्दा स्थापितले ६० मत पाएका छन्। यही मात्रै स्थापितले सुरुआती चरणमा बालेन भन्दा अग्रता वडामा लिएका हुन् । उनका प्रतिस्पर्धी बालेन शाहले भने ४६ मत पाएका छन्। नेपाली कांग्रेसकी सिर्जना सिंहले भने ३३ मत पाएकी छन्।

गणना भईरहेका वडामा पनि अवस्था त्यस्तै छ ।

गणना भईरहेकाको तालिकामा हेरौं

कांग्रेस र एमालेकै मत बालेनलाई, वडाका उम्मेदवार भन्दा आधा मत मात्रै स्थापित र सिर्जनालाई

यी तथ्यांकले बालेनले एमाले र कांग्रेसकै मत पनि आफुतिर तानिरहेको प्रष्ट देखाउँछ । बालेनले गणना भएका सवैमा अग्रता लिईरहेका छन् । तर स्थापित र सिर्जनाले बालेनलाई कँही पनि जित्न सकेका छैनन । मतगणनामा रहेका एक अधिकृत भन्छन्,–‘लौरोले (बालेनको चुनाव चिन्ह)ले मतपेटिका खोल्न पाएको हुँदैन कांग्रेस र एमालेलाई लिड गर्न थालिहाल्छ, कँही पनि स्थापित या सिर्जनाले लिड गरेको भन्ने अहिलेसम्म देखिएको छैन ।’

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया