शुक्रबार, चैत १६, २०८०

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

मेरोन्यूज २०७९ जेठ ४ गते १३:३१


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेका छन् । बुधबार गृह मन्त्रालयमा खाण र यान्छीबीच भएको भेटघाटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदान प्रदानका विषयमा छलफल भएको भएको छ । भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ ज्ञापन गरेकी छिन् ।

चिनियाँ राष्ट्रपति सि जीन्पीङले आफ्ना जनप्रतिनिधि जनताले आफै छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका थिए ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको बताइन् । केही समय अघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत याञ्छीले धन्यवाद दिइन् ।
भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत यान्छीलाई बताए ।

भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौँबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराइन् ।

प्रतिक्रिया