शुक्रबार, वैशाख ७, २०८१

राप्रपा अध्यक्ष लिङ्देनका भाइ हल्दिबारी गाउँपालिका अध्यक्षमा निर्वाचित

मेरोन्यूज २०७९ जेठ ४ गते १३:२१

झापा । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र लिङ्देन लोकप्रिय मतसहित हल्दिबारी गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। रविन्द्र दोस्रो पटक दोहोरीका छन् ।
विगतभन्दा २ हजार ९ सय १३ मत बढी ल्याएर विजयी भएका हुन्। रविन्द्रले नेकपा एमालेका डम्बरबहादुर गिरीलाई २ हजार १ सय ९० मतले पराजित गरेका छन्।

गिरी यसअघि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार थिए। रविन्द्रले यसपालि ६ हजार ८ सय ५६ मत प्राप्त गर्दा गिरीले ४ हजार ६ सय ६६ मत प्राप्त गरेका हुन्।

प्रतिक्रिया